Comments Add Comment

५ किलो चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

३० भदौ, जनकपुरधाम । ५ किलो चाँदी लिएर भारततर्फ जाँदै गरेका दुई भारतीय नागरिकलाई सिराहामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खुटौना ग्राम पञ्चायतका रवि महतो र पिन्टु महतो छन् ।

उनीहरुलाई भगवानपुर गाउँपालिका- ४ ठाडीबाट बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरी प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । दुबैले आ–आफ्नो कम्मरमा लुकाएको अवस्थामा ५ किलो चाँदी फेला परेको उनले बताए ।

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment