+
+

बैतडीमा शिशु हत्याको आरोपमा पक्राउ परेकी महिला कारागार चलान

रासस रासस
२०७८ भदौ ३१ गते १५:२४
प्रतीकात्मक तस्वीर

३१ भदौ, बैतडी । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ परेकी एक महिला कारागार चलान भएकी छन् । बैतडी जिल्ला अदालतले डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

भदौ ६ गते आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको अभियोग कार्कीमाथि लागेको थियो । घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग प्रेम सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।

कार्की स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?