+
+

मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १५:५५

३१ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १०  बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।

नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन । अधिकांश जिल्लाहरुमा भने पार्टी कार्यालय स्थापना भइसकेको तुलाधारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?