+
+

आईएस सहाराका प्रमुख मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १७:३०
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहारा क्षेत्रका प्रमुख अडनान अबु वालिड अल शरावी मारिएको फ्रान्सले दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले फ्रान्सेली सेनाको कारबाहीमा उनी मारिएको बताएका छन् ।

शरावीले सन् २०१५ मा इस्लामिक स्टेट इन ग्रेटर सहारा (आईएसजीएस) संगठन बनाएका थिए । सहारा क्षेत्रमा हुने अधिकांश आतंकवादी आक्रमणमा यो संगठनको नाम जोडिएको छ । यो संगठनको आक्रमणमा सन् २०२० मा फ्रान्सेली सहायता कर्मचारी पनि मारिएका थिए ।

फ्रान्सका राष्ट्रपति म्याक्रोंले शरावीको मृत्यु आतंकवादविरुद्धको लडाइँमा अर्को सफलता भएको बताएका छन् । अफ्रिकाको सहारा मरुभूमिभन्दा दक्षिणतर्फ सोमालियादेखि सेनेगलसम्मको क्षेत्रलाई सहेल क्षेत्र भनिन्छ । फ्रान्सले यो क्षेत्रमा आतंकवादविरुद्धको कारबाही चलाइरहेको छ ।

राष्ट्रपति म्याक्रोंले यो कारबाहीको विषयमा विस्तृत जानकारी भने दिएका छैनन् । फ्रान्सले आफूहरुको आतंकवादविरुद्धको कारबाही निरन्तर चलिरहेको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?