+
+

दशैंको मुखमा आन्तरिक उडानमा थपियो विकल्प, गुण एयरलाइन्सले थाल्यो उडान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १४:४१

१ असोज, काठमाडौं । नजिकिँदै गएको दशैं-तिहार लगायतका चाडपर्वमा काठमाडौंबाट हवाईमार्गबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई एक विकल्प थपिएको छ । सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तन पछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो ।

साविकको सिम्रिकसँग मात्र २ वटा बिचक्राफ्ट जहाज थिए । सो कम्पनीले यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाज खरीद गरेको छ । अब कम्पनीसँग कुल ७ वटा जहाज पुगेको छ । गुण एयरलाइन्सले पहिलो दिन शुक्रबार पोखरा र भरतपुरमा पूरा क्षमतामा यात्रुलाई सेवा दिएको कम्पनीले जनाएको छ ।

अहिले काठमाडौंबाट सुगमका गन्तव्यमा यात्रु बोक्न बुद्ध, यति, श्री, सौर्य एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा अब गुण एयरलाइन्स समेत थपिएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार तथा बिक्री प्रमुख प्रज्वल थापाका अनुसार कम्पनीले छिट्टै सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान विस्तार गर्नेछ । यसले यात्रुलाई नजिकिएको चाडबाडमा हवाई टिकट प्राप्तिमा विकल्प दिने छ ।

दशैं र तिहारका लागि यात्रुले अग्रिम टिकट बुकिङ अहिले पनि गर्न सक्छन् । यात्रुको चाप बढ्दै गएमा अतिरिक्त उडानको तयारीमा समेत वायुसेवा कम्पनी छन् । गुण एयरलाइन्स नेपाली हवाई यात्रु बीचमा भने परिचित नाम हो । २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका सञ्चालकहरुले नै साविकको सिम्रिकलाई गुणमा स्वामित्व परिवर्तन गरि सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?