
१ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कोरोना महामारीले गर्दा बालबालिकाको सिकाइमा प्रभाव परेको बताएका छन् । दुई वर्षमा बालबालिकाको पढाइ निकै प्रभावित बनेको र त्यसका लागि शिक्षक र अभिभावकले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
शुक्रबार सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक सहयोगसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम उद्घाटन गर्दै मेयर सरावगीले विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा राखेर व्यवहार गर्न शिक्षकहरुलाई आग्रह गरे ।
‘विद्यालयले ४ जीपीए दिएको छ तर सिकाइ त्यो अनुसार हुन सकेको छैन, त्यसले गर्दा विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘यसले झन् उनीहरु मानसिक तनावमा पर्छन्, दुई वर्षको ड्यामेजलाई रिफ्रेसिङ कोर्षमार्फत पूरा गर्नुपर्छ । बालबालिकाको जीवनलाई ट्रयाकमा ल्याउनुपर्छ ।’
युनिसेफको सहयोगमा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा तालिम कार्यक्रमको आयोजना गरेको हो । महानगरपालिकाको दुई स्थानमा चलिरहेको तालिममा ४० जना शिक्षक शिक्षिका सहभागी छन् ।
प्रतिक्रिया 4