+
+

एस्टन भिल्लाले एभरटनलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ८:३३

काठमाडौं । प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनमाथि ३-० को शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा एस्टन भिल्लाका लागि म्याटी क्रस र लियोन बेलीले एक-एक गोल गरे । एभरटनका लुकास डिनेले एक आत्मघाती गोल गरे ।

एस्टन भिल्लासँग हारेपछि एभरटनको यस सिजन चार खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

खेलको ६६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । त्यसको ट्टीन मिनेटपछि बेलीको कर्नरमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि एस्टन भिल्लाले २-० को अग्रता बनायो ।

त्यसपछि ७५ औं मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई ३-० को जित दिलाए । जितपछि ५ खेलबाट ७ अंक जोडेको एस्टन भिल्ला दशौँ स्थानमा उक्लेको छ ।

पहिलो हारपछि एभर्टन भने १० अंकसहित पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?