+
+

सावित्री कंचनजंगा अगरबत्तीले गर्यो रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ११:४०

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ

कोभिड-१९ को सङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा  रक्तदान कार्यक्रम आयोजना गरेको  हो।निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको छ । सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?