+
+

मौसमी तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै कैलाली सहजपुरका किसान

जनक विष्ट जनक विष्ट
२०७८ असोज ३ गते १३:३४

२८ भदौ, धनगढी । कैलालीको चुरे गाउँपालिका–३ का मीनबहादुर शाह करिब ५ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय उनी सन्तुला बाहेकका फलफूल र तरकारी खेतीमा पनि जुटेका छन् ।

विगतमा घर परिवारका लागि मात्रै खेती गर्दै आएका उनी स्थानीयस्तरमै बजार पाउन थालेपछि व्यावसायकि फलफूल र तरकारी खेती गर्न थालेका हुन् । अहिले उनी स्थानीय जातको केरा, काँक्रा, टमाटर, रुखे टमाटर, अदुवा, भान्टा, भाजी, धनियाँ, खुर्सानीलगायत उत्पादन गर्दै आएका छन् ।

‘पहिले पहिले घरपरिवारलाई मात्रै खान पुग्ने गरी फलफूल तथा तरकारी लगाउँदै आएको थिएँ,’ शाहले अनलाइनखबरसँग भने, ‘विगत केही वर्षदेखि व्यावसायिक रुपमै अगाडि बढाएको छु । स्थानीय बजारसँग धनगढी, महेन्द्रनगर, लम्की, टीकापुरसम्म तरकारी र फलफूल बिक्री गर्ने गरेको छु ।’

चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले फलफूल व्यवसाय गर्न थालेको करिब २५ वर्ष पुगेको छ । विगतमा सुन्तला खेती गर्दै आएका बोहराले पनि अहिले तरकारी खेतीलाई पनि व्यावसायिक रुपमा अघि बढाएका छन् । ‘विगतमा जस्तो बजार समस्या छैन् । हामीले स्थानीय बजारमा पनि कृषि उपजको राम्रै मूल्य पाउने गरेका छौं,’ बोहराले भने, ‘धनगढी र टीकापुरबाट दैनिकजसो गाडीहरु तरकारी तथा फलफूल उठाउन आउने गरेकाले सहज भएको छ ।’

मौसमअनुसारको फलफूल र तरकारी खेती गर्ने गरेका उनी वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

किराना व्यवसायीले पनि थाले तरकारी बेच्न

सहजपुर बजारमा स्थानीय कृषि उत्पादनको राम्रो व्यापार हुन थालेपछि स्थानीय व्यापारी पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । किराना पसल राखेर व्यापार गर्दै आएकाहरुले समेत फलफूल र तरकारीको व्यापार गर्न थालेका छन् ।

चुरे गाउँपालिका–३ सहजपुरकी नन्दादेवी शाह पनि किराना पसल छाडेर अहिले पहाडी क्षेत्रमा किसानले फलाएका फलफूल बेच्न थालेकी छन् । किराना पसलमा खासै व्यापार नहुने भएपछि उनले स्थानीय कृषि उत्पादन बेच्न थालेको उनी बताउँछिन् । ‘विगतमा म किराना पसल सञ्चालन गर्दै आएकी थिएँ । तर व्यापार नभएपछि यहाँका किसानले उत्पादन गरेका तरकारी, फलफूल बिक्री गर्न थालेकी छु,’ उनले भनिन् । आफूजस्तै अन्य व्यापारीले पनि स्थानीय कृषि उपज बेच्न थालेको उनले बताइन् ।

सहजपुरमा कैलाली र कञ्चनपुरको तराई क्षेत्रबाट गर्मी छल्न पहाड उक्लने आन्तरिक पर्यटकले स्थानीय उत्पादन खरीद गर्ने गरेका छन् । सहजपुरकै अर्की व्यापारी इन्द्रा रिजाल भन्छिन्, ‘यहाँ पहाडमा फल्ने मौसम अनुसारका फलफूल र तरकारीको बजार छ । अहिले पहाडी काँक्राको सिजन भएकाले व्यापार बढ्दो छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?