+
+

विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:११

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् ।

वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।

आइतबार कार्यक्रममा उनले भने ‘यसो गरेमा राजनीतिमा उमेर हद तोक्दै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् ।

नेता शर्माले राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने बताए । हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर बन्ने र प्रेरणादायी बन्नुपर्ने भन्दै उनले तीन दिन पार्टीको काम गर्ने र चार दिन रोटीका लागि काम गर्ने नारा दिएका छन् ।

शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ उनले भनेका छन् ।

शर्माले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताएका छन् । भिन्न दर्शन, भिन्न दल, भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत राखेर संविधान निर्माण गरेको भन्दै शर्माले भनेका छन् ‘जो जसले संविधान निर्माणमा सहकार्य गर्‍यौं, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन ।’

हेर्नुहोस् शर्माको प्रस्तावको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?