+
+

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै, शरद र आरिफ प्लेइङ सेटमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १५:५६
Photo Credit : फाेटाे सौजन्‍य: एनएसजेएफ

३ असोज, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।

शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् ।

आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए । त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे ।

सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि ओमानसँग र अमेरिकाँग भने हार बेहोर्‍यो ।

मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि यो नै नेपाली टिमसँग अन्तिम खेल रहेकोले जितसहित उनलाई बिदाई गर्ने नेपालको लक्ष्य छ ।

ओडिआईमा नेपालले अहिलेसम्म ओमानसँग ३ खेल खेलेको छ । तर तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?