+
+

होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १३:०३

४ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।

सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।

विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताए ।

‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने ।

मन्त्री शर्माले नेकपा एमालेसँग प्रधानमन्त्री र अरु नेताहरुले निरन्तर संवाद गरिरहेको पनि बताए ।

उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको दावी गरे । बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको पनि मन्त्री शर्माले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?