 
																			४ असोज, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–३ को शिकारीबासमा अहिलेसम्म विद्युत सेवा पुग्न सकेको छैन ।
विद्युतीकरण हुन नसक्दा वर्षौंदेखि यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । ठोरीकै सबैभन्दा पुरानो बस्तीको रुपमा रहेको शिकारीवासमा विद्युत पुग्न नसक्दा जंगली हात्ती लगायतको जीवजन्तुबाट प्रताडित बन्न बाध्य छन् ।
गाउँपालिकाको सबै क्षेत्रमा बिजुली पुगे पनि चितवन राष्ट्रिय निकुञ्जले संक्षिप्त वातावरणीय प्रभाव मूल्यांकन नगरी विद्युत विस्तार गर्न नदिएपछि सो गाउँमा अहिलेसम्म विद्युतीकरण हुन नसकेको निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत बताउँछन् । बस्नेतका अनुसार शिकारीवासमा झण्डै ७० घरधुरी छन् ।
शिकारीवासमा विद्युतीकरणका लागि आइपरेको समस्या लिएर वडाध्यक्ष सूर्यबहादुर लामासहितको एक टोलीले सोमबार उर्जामन्त्री पम्फा भुसाललाई भेटेको छ ।
विद्युतीकरण हुन नसक्दा शिकारीवासका जनताले भोग्नुपरेको समस्याबारे उर्जामन्त्री भुसाललाई अवगत गराइएको टोलीमा सहभागी बस्नेतले बताए ।
भेटमा उर्जामन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग आवश्यक समन्वय गरी विद्युतीकरणका लागि सघाउन आश्वासन दिएको बस्नेतले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4