+
+

फिल्मको काम सुरु भएसँगै धमाधम म्युजिक भिडियो छाड्दै पुष्प

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते ११:१६

डेढ बर्षदेखि कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प हुँदा नेपाली चलचित्रका कलाकारहरुका लागि म्युजिक भिडियो वरदान नै साबित भयो । विशेषगरि, निरन्तर दर्शकमाझ आइराख्न र आर्थिक रुपमा पनि बलियो हुन भिडियोले ठूलो भूमिका खेल्यो । चलचित्र क्षेत्रका स्टार कलाकारहरुले एक महिनामै दर्जन बढी भिडियोमा काम गरे ।

तर, अब विस्तारै चलचित्र क्षेत्र चलमलाउन थालेको छ । चलचित्रको छायांकनको काम सुरु भएको छ । चलचित्र बनाउन नपाएर सुस्ताएकाहरु पनि अगाडि बढ्न थालेका छन् । योसँगै, चलचित्रका कलाकारहरुको व्यस्तता अब ठूलो पर्दामा नै बढ्ने निश्चित छ ।

नायक पुष्प खड्का चलचित्र ‘एक्स ९’को लागि अहिले शरीरको तौल बढाइरहेका छन् । यो चलचित्रका लागि उनले २० केजी तौल बढाउनुपर्नेछ । यसका लागि उनी, दैनिक ३ घन्टा जीममा व्यस्त हुन्छन् । दैनिक ३ घन्टा जीममा व्यस्त हुनु परेपछि पुष्पले भिडियोको काम भने कम गर्न थालेका छन् ।

पुष्प अहिले भिडियोको छायांकन वुधबार र शनिबार मात्र गरिरहेका छन् । बाँकी दिन जीममा बिताउनुपर्ने भएकाले पनि हप्ताको २ दिन काम गर्ने गरेको उनी बताउँछन् ।

पुष्पले ‘एक्स ९’को काम सुरु भएपछि दर्जन बढी भिडियो छाड्नुपरेको बताए । उनले भने–‘६ महिना जीम र वर्कशपमा समय दिनुपर्नेछ । यसैले, हप्तामा २ दिन जीम नभएकाले सोही दिन मात्र भिडियोका लागि समय मिलाएको छु ।’ पुष्प म्युजिक भिडियोमा काम गरेको १ लाख हारहारीमा पारिश्रमिक लिन्छन् । नेपाली म्युजिक भिडियो र चलचित्रमा उनको गज्जबको डिमाण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?