
५ असोज, काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले महँगिएको छ । सोमबार तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै सोमबार ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ८८ हजार ७५० रुपैयाँ छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार ११३५ रुपैयाँमा कारोबार भएको चाँदी मूल्य मंगलबार ११४० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4