+
+

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेलगत्तै डा. खड्का न्यूयोर्क जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ७:५९

६ असोज, काठमाडौं । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै कांग्रेस सांसद डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् ।

परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो ।

सोही सहमति अनुसार डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउने छिन् । त्यसपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?