+
+

धानको समर्थन मूल्य तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १५:३४

६ असोज, काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम सर्मथन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०७८/७९ का लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । यस वर्ष तोकिएको धानको सर्मथन मूल्य गत वर्षकोभन्दा प्रति क्विन्टल १७ रुपैयाँले बढी भएको प्रवक्ता सञ्जेलले जानकारी दिए ।

गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?