+
+

मेयरलाई मुक्का हान्ने युवकलाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १८:१०

६ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान सुरु गरेको छ ।

सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए । त्यसै दिन साँझ पक्राउ परेका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्य हुन् ।

मेयर सुवेदीले भने जिल्ला प्रहरी प्रमुखलाई फोन गरेर पंगेनीमाथि मुद्दा नचलाउन आग्रह गरेको बताएका थिए । प्रहरीले त्यस्तो कुनै आग्रह नआएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?