
७ असोज, काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका सर्लाहीका कार्यकर्ताहरुले बिहीबार नाराबाजी गरेका छन् ।
जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट थप गरिएको भन्दै उनीहरुले धर्ना दिइरहेका छन् ।
तर सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले आफूहरुमाथि दुर्व्यवहार गरेको भर्नामा बसेकाहरुले बताएका छन् । सर्लाहीका कार्यकर्ताको धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, अमरेशकुमार सिंह पनि पुगेका थिए ।
सर्लाहीको क्रियाशील सदस्यताका विषयमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद छ । पौडेल पक्षले धर्नालाई समर्थन गरेको छ । तर संस्थापन पक्षका प्रदेश मन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको धर्नामा बसेकाहरुको भनाइ छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4