+
+

कटुवा पेस्तोलसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १८:२५

७ असोज, काठमाडौं । रौतहटबाट १२ बोरको कटुवा पेस्तोलसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुहीया बस्नेत २४ वर्षीय सञ्ज साह सोनार, २८ वर्षीय संजिवकुमार महतो, १९ वर्षीय राजेशकुमार चौधरी र गढीमाई नगरपालिका-६ धरमपुर बस्ने २४ वर्षीय दिनेश महरा रहेका छन् ।

सञ्जयले घरमा हातहतियार लुकाई छिपाई राखेको छ भने सूचनाको आधारमा प्रहरीले उनको घर खानतलासी गरेको थियो । सञ्जयले घरको दोस्रो तलामा बालुवाभित्र बोरामा १२ बोरको कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा प्रयोग हुने गोली २ थान लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली लुकाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले सञ्जयसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेका चारैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?