+
+

मेचीनगरका चिया बगानका मजदुरलाई कोरोना खोप

रासस रासस
२०७८ असोज ८ गते १३:१७
फाइल तस्वीर

८ असोज, झापा । मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ जना मजदुरलाई कारखानामै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ जना मजदुरलाई स्वास्थ्यकर्मीहरुले कारखानामै पुगेका एस्ट्राजेनेकाको खोपको पहिलो मात्रा लगाइदिएका हुन् ।

बगान मजदुरहरु तोकिएका खोप केन्द्रमा नआएकाले बिहीबार बगानमै स्वास्थ्यकर्मी पठाइएको मेचीननगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । दैनिक ज्याला गर्ने मजदुरमा कोभिड–१९को  सङ्क्रमण बढी हुनसक्ने भएकाले  मेचीनगर–१५ को वैभव र कालिका चिया बगान तथा नगर क्षेत्रका डेरी उद्योग र सहकारीका कर्मचारीका लागि एक हजार ५०० खोपको मात्रा छुट्याइएको मेयर आचार्यले जानकारी दिए ।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार यसअघि नगरका उद्योगी, व्यवसायी, साना तथा हलुका सवारी साधनका चालक, विद्यार्थीलगायतलाई खोप लगाइएको थियो ।

नगरपालिकाले आइतबारदेखि वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । अभियानमा यातायात व्यवसायी, खेलाडी, क्यासिनो, होटलमा कार्यरत मजदुर, व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरसा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?