+
+

अनलाइनबाट ठगी गरेको आरोपमा भारतीय पास्टर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १३:३२

८ असोज, काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय पास्टरलाई पक्राउ गरेको छ । भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको बैंक खाता नम्बर दिएका थिए। ती किशोरीले पैसा जम्‍मा गरेपछि क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएर गएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?