+
+

माइबेनी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १४:३६

८ असोज, काठमाडौं । माइबेनी जलविद्युत आयोजनाले असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले इलाममा निर्माण सम्पन्न गरेको आयोजनाको उत्पादन क्षमता ९.५१ मेगावाट रहेको छ ।

माइबेनी जलविद्युत आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन शुरु गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहबरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न गरे पश्चात माइबेनीले व्यापारिक उत्पादन आरम्भ गरेको हो । यसका साथै माइबेनीले वार्षिक ५३.२८ गिगावाट घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि भदौ १८ गतेदेखि असोज १ गतेभित्र आवेदन दिन सकिने गरी निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको पाँच लाख कित्ता आईपीओमा लक्ष्यभन्दा ३. ६३ गुणा बढी आवेदन प्राप्त भएको माइबेनी जलविद्युत आयोजनाले जनाएको छ ।

त्यस्तै, आयोजनाको कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) मध्ये थप ७ लाख ३० हजार कित्ता शेयर समेत खुला गर्ने योजना रहेकोमा कर्मचारीका लागि १४ हजार ६ सय, सामूहिक लगानी कोषका लागि ३६ हजार ५ सय र सर्वसाधारणका लागि ६ लाख ७८ हजार ९ सय कित्ता शेयर प्रभावित क्षेत्रमा बासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड कार्य सम्पन्न गरे पश्चात निष्काशन तथा बिक्री खुला गरिने आयोजनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?