+
+

टर्कीका राष्ट्रपतिले भने- बाइडनले आतंकवादी संगठनलाई हतियार पठाइरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १४:५७

८ असोज, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादी संगठनलाई हतियार दिएको आरोप लगाएका छन् । एर्दोगानले उत्तरी सिरियामा सक्रिय सशस्त्र कुर्द समूहलाई लक्षित गर्दै अमेरिकामाथि यस्तो बताएका हुन् । अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको छ ।

एर्दोगानले भने, ‘बाइडनले पुनः आतंकवादी संगठनलाई हतियार, गोला–बारुद र सैन्य उपकरण दिन शुरु गरेका छन् । यस्तोमा हामी मूकदर्शक बनेर बस्दैनौं ।’

उनले थपे, ‘ट्रम्पको कार्यकालमा अमेरिकाले आतंकवादी संगठनलाई हतियार र गोला–बारुदको हजारौं ट्रक दिएको थियो । मैले धेरैपटक यो मुद्दा ट्रम्पसँग पनि उठाएको थिएँ । अब त्यही अवस्था बाइडनको कार्यकालमा जारी छ ।’

एर्दोगानले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएपछि सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन् । अमेरिकाले सिरियामा कुर्द लडाकुलाई इस्लामिक स्टेट (आईएस)विरुद्ध लड्न प्रयोग गर्दै आएको छ । अमेरिकाको कुर्दसँगको सम्बन्ध टर्की–अमेरिका सम्बन्धको सबैभन्दा ठूलो चुनौती हो ।

एर्दोगानले अमेरिकाका यसअघिका तीन राष्ट्रपतिसँग राम्रोसँग काम गरेको भए पनि बाइडनसँगको शुरुआत भने राम्रो नभएको बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?