+
+

शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १५:४३

८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ ।

यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्री गरिरहेको छ ।

पर्यटकीय मौसम शुरु भएसँगै एयरलाइन्सहरुले अहिले माउण्टेन फ्लाइट पुनः शुरु गरिसकेका छन् । यति र बुद्धले माउन्टेन फ्लाइट गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?