
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘ कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’
नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अवस्था रहेको भन्दै उनले कांग्रेस पुनर्निर्माण गर्न सोच्नुपर्ने बेला आएको बताए । उनले प्रश्न गर्दै भनेका छन्, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4