+
+

वसन्तपुरमा महिलाले ताने इन्द्रजात्राको रथ

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असोज ८ गते २०:५५

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन  शुक्रबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् ।

हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे भने अहिले महिलाका लागि छुट्टै दिन तोकिएको हुन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्‍ने गर्छ । त्‍यसैले श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिने गरिएको छ । यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।

इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?