+
+

कीर्तिपुर मैदानमा अफ्रिदीको क्रेज (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ असोज ९ गते १८:१६

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उद्घाटन खेलमा शनिबार सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स ११ ले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले हरायो ।

सन्दीपले जितबाटै ईपीएलमा कप्तानी डेब्यु गरे । अफगानिस्तानका रहमानुल्लाह गुर्बाज र जिम्बाव्वेका रायन बर्लसंगै नेपाली बलर जितेन्द्र मुखियाको उत्कृष्ट प्रदर्शनले काठमाडौं विजयी भयो ।

तर शनिबारको खेलमा धेरैको ध्यान भने पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदीले ताने । यी भेट्रान अलराउण्डरले पहिलो पटक काठमाडौंमा आएर खेले । उनले विजेता टिम काठमाडौं किंग्स-११ बाटै खेलेका थिए । धेरै समर्थकदेखि दर्शकसम्म अफ्रिदीकै खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका थिए । तर अफ्रिदीले ललितपुरविरुद्ध ब्याटिङ गर्ने अवसर पाएनन् ।

काठमाडौंले टस जितेर बलिङ रोजेपछि दर्शकले पहिले अफ्रिदीको ब्याटिङ हेर्न पाए । बलिङमा केही महँगा सावित बनेका अफ्रिदीले ४ ओभर कोटामा ३२ रन खर्चिएपनि विकेट लिन भने सकेनन् ।

छैटौं ओभरमा बलिङ सुरुवात गरेका अफ्रिदीले आफ्नो पहिलो ओभरमा १३ रन खर्चिए । उक्त ओभरमा ललितपुरका पवन सर्राफले उनलाई एक चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि अफ्रिदीले आठौं ओभरमा ३ रन मात्र खर्चे । अफ्रिदीले १४ औं ओभरमा १० र १६औं ओभरमा ६ रन खर्चिए ।

ब्याटिङमा काठमाडौंले ३ विकेट गुमाएर ललितपुरले दिएको १५७ रनको लक्ष्य १४.२ ओभरमै पूरा गर्दा अफ्रिदीको ब्याटिङ पालो आएन । तर अफ्रिदीले बलिङ गर्दा पनि दर्शकले हुटिङ गरेका थिए ।

टीयू मैदानमा आएर ईपीएल खेल्ने अफ्रिदी अहिलेसम्मकै ठूला स्टार हुन् । जसले सन् २००९ मै पाकिस्तानबाट टी२० विश्वकपको उपाधि जितेका थिए । पहिलो पटक नेपालमा खेल्न आएका अफ्रिदीले यस पटक समय व्यस्ताले गर्दा जम्मा २ खेल खेलेर फर्कने छन् ।

पहिलो खेलमा उनको ब्याटिङ हेर्न नपाएका दर्शक दोस्रो खेलमा भने ब्याटिङ हेर्ने अपेक्षामा छन् । काठमाडौंले अब सोमबार अर्को पूर्व विजेता विराटनगर वारियर्ससंग खेल्नेछ । उक्त खेलपछि अफ्रिदी फर्कनेछन् । खेल सकिएपछि पनि नेपाली दर्शकले अफ्रिदीको समर्थनमा हुटिङ लगाएका थिए । अफ्रिदीले पनि दर्शकको नजिकै पुगेर आफूलाई देखाएको सम्मानको स्वागत गरेका थिए ।

पहिलो खेलमै जित हात पारेपछि काठमाडौंका कप्तान सन्दीप लामिछानेले पनि अफ्रिदी टिममा हुँदा धेरै फाइदा पुगेको बताए । उनको अहिलेसम्मको अनुभव आफ्नो टिमसंगै अरुका टिमका खेलाडी र नेपाली क्रिकेटला२ नै काम लाग्ने बताए ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?