+
+
Shares

महरा भन्छन्– एमसीसी कुनै हालतमा पास हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २३:००

९ असोज, दाङ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् ।

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’

उनले एमसीसीलाई नेपालमा टेकेर ‘चीनलाई घेर्ने रणनीति’ को संज्ञा पनि दिए । एमसीसीको प्रकृया बढाउँदा आर्थिक सहयोगको विषयमा मात्र राखिएकोमा अहिले अमेरिकाले सैन्य गठबन्धनमा रूपान्तरण गरेको उनको भनाइ छ । ‘एमसीसी प्रकृया अगाडि बढाउँदा म मन्त्री थिएँ, त्यतिबेला आर्थिक सहायता भन्ने मात्र थियो, तर अहिले आएर अमेरिकाले आर्थिक सहायतालाई इण्डो प्यासिफिकको अभिन्न अंगको रुपमा स्थापित गरेको छ,’ महराले भने  ।

आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?