+
+

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:३१

१० असोज, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?