+
+

बीपी प्रतिष्ठानमा विशेषज्ञले बिरामी हेर्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १५:४८
फाइल तस्वीर

१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञहरुले बिरामी नहेर्ने गरेको पाइएको एक अध्ययनले देखाएको छ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको स्थलगत निरीक्षणको प्रतिवेदनअनुसार प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीको उपचार रेजिडेन्ट चिकित्सकहरुले मात्र हेर्ने गरेका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समिति नन फंगसन भएकाले अस्पतालमा भएका शल्यक्रिया भएका बिरामीहरुमा संक्रमणको मात्रा ज्यादै धेरै रहेको पाइएको छ । अस्पतालमा आईसीयू बेडको कमीले गर्दा आकस्मिक कक्षमा आएका नाजुक अवस्थाका बिरामीहरु अन्य अस्पतालमा रिफर हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठानको प्रतिष्ठालाई माथि उठाउन प्रतिष्ठानका सेवाको सबै तहमा पुनः व्यवस्थित संरचना बनाउन समेत अध्ययन टोलीले सुझाव दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नीति योजना तथा अनुगमन महाशाखाले गत साउन २० गते प्रतिष्ठानमा देखिएका समस्याबारे स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो । महाशाखाले प्रतिष्ठानमा हाल देखिएका समस्याहरुका विषयमा विशेष गरी कार्यरत जनशक्ति, शैक्षिक अवस्था र सेवा प्रवाहको विषयमा निरीक्षण गरी प्रतिवेदन पेश गर्न भनिएको थियो ।

सोही निर्देशन अनुसार अध्ययन गत भदौ २ गतेदेखि प्रतिष्ठानमा स्थलगत निरीक्षण गर्न टोली खटिएको थियो । अध्ययन टोलीमा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायणबिक्रम थापा, सदस्य डा. प्रेणितकुमार पोखरेल लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?