+
+

एक वर्षमा चौधरी ग्रुपले बुझायो १४ अर्ब २८ करोड रुपैयाँ राजस्व

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १७:४५

११ असोज, काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजस्व बुझाएको छ ।

प्रतिशतको हिसाबमा चौधरी ग्रुपले एक वर्षमा सरकारलाई बुझाएको राजस्व १ दशमलव ७३ प्रतिशत हो । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीको नेतृत्वमा सञ्चालित उद्योगहरुले अहिलेको विषम परिस्थितमा पनि सबैभन्दा धेरै राजस्व बुझाएको ग्रुपको दावी छ ।

कोभिड–१९ का कारण विश्व व्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृङ्खला अवरुद्ध भई व्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो ।

रु. लाखमा

आर्थिक वर्ष नेपाल सरकारको कुल राजस्व चौधरी ग्रुपको राजश्वमा योगदान आर्थिक वर्ष
२०७४–७५ ५,८८४,३६७ ९६,७५७ १.६४
२०७५–७६ ६,९५४,०१७ ११६,७५९ १.६८
२०७६–७७ ६,६०९,६२१ ९८,७२३ १.४९
२०७७–७८ ८,२५८,२३५ १४२,८०० १.७३

‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानकोे तथ्यले उत्साहित बनाएको छ’, सांसद एवं ग्रुपका अध्यक्ष चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रूपैयाँ योगदान गरेको छ । चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन् । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ ।

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द भएका थिए । स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृङ्खलामा नराम्रो असर परेको ग्रुपले जनाएको छ । लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने ग्रुपका अधिकारीहरू बताउँछन्  ।

संकटमा पनि यो तहको योगदान गर्न सक्नुले क्राइसिसमा पनि कसरी व्यवस्थान गर्न सकिन्छ भन्ने कुराको ग्रुपको कुशल व्यवस्थापनको नतिजा भएको ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?