+
+

टिपरको ठक्करबाट झापामा जीप चालकको मृत्यु

रासस रासस
२०७८ असोज ११ गते १७:२६

११ असोज, सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकजाँचका लागि को २ च २६३२ नम्बरको बोलेरो जीपलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा बोलेरो चालक दमक नगरपालिका–९ का ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

टिपरका चालक मकवानपुरको थाहा नगरपालिका–८ का २४ वर्षीय सहदेव कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनालाई लिएर स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि प्रहरीले सम्झाएर राजमार्ग खुलाएको बताइएको छ ।

बोलेरोमा अन्य दुई यात्रु पनि रहेको आशंकामा खोजी शुरु गरिएको छ । उनीहरुलाई नहरको पानीले बगाएको हुनसक्ने प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?