
१२ असोज, काठमाडौं । भक्तपुरमा लरीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेका छन् ।
मोटरसाइकलको पछाडि बसेका मध्यपुर थिमि नगरपालिका-३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
सोमबार राति करित पौने ९ बजे सूर्यविनायक नगरपालिका-५ सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा काठमाडौं जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाइकललाई राधेराधेतर्फ जाँदै गरेको आरजे ०२ जीबी१९१७ नम्बरको भारतीय १८ चक्के लरीले ठक्कर दिएको थियो ।
मोटरसाइकल, टेलर र टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4