+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:३१

१२ असोज, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई पक्राउ गरी उनीहरुको साथबाट १४९.५ ग्राम सुन बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्तवीर राई रहेका छन्।

समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो। थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो।

यस्तै आइतबार नै प्रहरीले विमानस्थलबाट ७५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान बरामद गरेको छ । उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभइ मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट सुन बरामद गरेको हो ।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्‍ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?