+
+

विद्युत संकटका कारण घटाइयो चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:३९

१२ असोज, काठमाडौं । चीनमा देखिएको विद्युत र ऊर्जा संकटका कारण उसको आर्थिक वृद्धिदर पनि प्रभावित हुन सक्ने देखिएको छ । मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक गोल्डमेन स्याख्सले चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण ८.२ प्रतिशतबाट घटाएर ७.८ प्रतिशतमा झारेको छ ।

गोल्डमेन स्याख्सका अनुसार चीनको जारी ऊर्जा संकटको असर ठूला उद्योगमा पर्नेछ । चीनको ऊर्जा संकटको असर करिब ४४ प्रतिशत उद्योगमा परेको गोल्डमेन स्याख्सको अनुमान छ ।

चीनको पूर्वोउत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएसँगै शुरु भएको कोइला संकट बढ्दै गएको छ । आपूर्तिमा कमी आएसँगै कोइलाको भाउ पनि अचानक बढेको छ । त्यसैले अहिले धेरै कारखाना र घरमा बिजुली आपूर्ति बन्द भएको छ भने कामकाज ठप्प भएको छ ।

चीनमा विद्युत अभावको असर पहिला उत्पादनमूलक कारखानामा परेको थियो । जसका कारण पछिल्लो केही सातामा चीनका धेरै कारखानाको उत्पादन घटेको छ भने केही पूर्ण रुपमा बन्द भएका छन् । बीबीसीका अनुसार उत्तरी चीनको टियानजिङको सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिको समस्याले प्रभावित भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?