+
+

शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १५:०१
प्रतीकात्मक तस्वीर

१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले यस वर्ष १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजका सभापति गोविन्द खनालले बुधबार विज्ञप्ति जारी गर्दै स्रष्टा सम्मान अभियानअन्तर्गत यस वर्ष १५ जना स्रष्टालाई सम्मान गरिने जनाएका हुन् ।

समाजले २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान कवि श्रवण मुकारुङलाई प्रदान गर्ने भएको छ । यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राध्यापक डा. वेणी माधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान पत्रकार रामरिझन यादव, पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान बाँकेका विष्णुलाल कुमाल, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पाल्पाका रामबहादुर पहाडीलाई प्रदान गर्ने भएको छ ।

राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान संखुवासभाका रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रुपन्देहीकी रामेश्वरी पन्तलाई प्रदान गर्ने समाजले निर्णय गरेको छ । यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात भक्तपुरकी प्रतिसरा सायमी मानन्धर, भूमिप्रसाद बराल स्रष्टा सौगात सुनसरीका कवि मनु मञ्जिल, जोगमाया बराल स्रष्टा सौगात मकवानपुरकी विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात पाल्पाकी मनु विक र जनककुमारी रेग्मी स्रष्टा सौगात काठमाडौंकी मेनका पोखरेल आचार्यलाई प्रदान गरिने भएको छ ।

समाजले पद्यप्रसाद दाहाल स्रष्टा सौगात हुम्लाकी देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात तनहुँका सुदेश सत्याल र श्रीनारायण दाहाल स्रष्टा सौगात कैलालीकी रविना चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सम्मानित हुने स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी २० हजार रुपैयाँ पुरस्कार राशीसहित स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।

शान्ति समाजले एकदशकदेखि स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?