+
+
Shares

मानव अधिकार तथा शान्ति समाजले गरायो राज्यका तीनवटै अंगको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव अधिकार तथा शान्ति समाजले १९ औँ गणतन्त्र दिवसका अवसरमा सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ ।
  • समाजकी सभापति रेनुका पौडेलले विगतको राजनीतिक संकट दोहोरिन नदिन राज्यका तीनवटै अङ्ग गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
  • सभापति पौडेलले भदौ २४ गतेको हिंसात्मक घटना छानबिनका लागि समिति गठन गर्न ढिलाइ भएकोमा सरकारप्रति आपत्ति जनाइन् ।

१५ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९ औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गहरूलाई खबरदारी गरेको हो  ।

प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन् ।

वि.सं. २०७२ र ७३ को समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनीतिक संकट पुन: दोहोरिन नदिन राज्यका अङ्गहरू गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

सरकारले घोषणा गरेको १०० दिने शासकीय सुधारको कार्ययोजनाको चर्चा गर्दै पौडेलले भदौ २४ गतेको हिंसात्मक घटनाका सन्दर्भमा छानबिन समिति गठन गर्न ढिलाइ गरेकोमा आपत्ति समेत जनाइन् ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनका सन्दर्भमा टिप्पणी गर्दै सभापति पौडेलले आयोग एउटा स्वतन्त्र संवैधानिक निकाय भए पनि आफ्नो पूर्ण अधिकार प्रयोग गर्न चुकेको बताइन् ।

शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीहरूमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?