+
+

हरेक दिन ३ लाख जनाले खोप लगाउँछन् : राज्यमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:११

१३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको सरकार गठन भएको तीन महिनामा कोरोना भाइरसविरुद्धको १ करोड डोज खोप लगाइएको बताएका छन् ।

विश्व मुटुरोग दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि एक करोड डोज खोप आएको बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले हिजोआज दैनिक ३ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको पनि जानकारी दिए । उनले बालबालिकाका लागि पनि १ करोड डोज खोप ल्याउने सुनिश्चित भएको बताए ।

‘यो दशैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौं’ उनले भने । राज्यमन्त्री श्रेष्ठले सरकारले आउँदो वैशाखसम्म सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप दिने बताए ।

मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको पनि उनले बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न आग्रह गरे । नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?