+
+

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १७:३९

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १ हजार ३६६ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा थप १७४, प्रदेश २ मा १६, बागमती प्रदेशमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकीमा १०३, लुम्बिनीमा ८६, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २८ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?