+
+

नरेश र देवीको ‘आयो दशैं’मा पुष्प र तनुजाको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १६:५४

विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । दशैं नजिकिदै गर्दा पनि आफ्नो मायालु नफर्किएपछि प्रेमिकाले व्यक्त गरेको भावना गीतमा सुन्न सकिन्छ । साथमा, विदेशमा रहेर प्रेमिकाको यादमा तड्पिएको एक प्रेमीको पीडा पनि गीतमा सुन्न पाइन्छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?