+
+

तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १८:३३

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो ।

शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।

विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो ।

इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् ।

बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद छ । सेवा प्रदायकहरुले भाडा प्रयोग गरे बापतको रकम भुक्तानी गर्न नमानेपछि तार कटौती गरेको हो ।

प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन् ।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् ।

आर्थिक वर्ष २०७७÷७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?