+
+

लगातार चौथो खेल हार्दै विराटनगर ईपीएलबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १९:३३

१६ असोज, काठमाडौं । लगातार चौथो हारपछि पूर्व विजेता विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को लिग चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको दोस्रो खेलमा विराटनगर पोखरा राइनोजसँग ७ विकेटले पराजित भएपछि लिगको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । दोस्रो जितपछि ४ खेलबाट ५ अंक जोड्दै पोखरा प्लेअफ नजिक पुगेको छ ।

विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पोखराको जितमा असेला गुनारत्नेले २४ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा अविजित ५० रन बनाए ।

यस्तै रिचर्ड लेभीले २६ बलमा ४ चौका र ३ छक्का मद्दतमा ४७ रन बनाए । साहन अर्चासिगेले ४३ रन जोडे ।

विराटनगरका प्रतिश जिसी, सिकन्दर राजा र हरि चौहानले समान एक विकेट लिए । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ४४ रन बनाए । सिकन्दर राजाले २० बलमा २९ रन जोडे । सन्दीप रजालीले २८ रन बनाए ।

पोखराका विक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चासिगेले एक/एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?