+
+

कांग्रेसको काठमाडौं महानगर समितिको मतगणना शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:१४

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो । बिहान ९ बजेदेखि दुई बजेसम्म मतदानका लागि समय तोकिएको थियो । निर्वाचनमा १३३९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको कांग्रेस सभापतिका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यले उम्मेदवारी दिएका छन् । रञ्जित र शाक्य दुबैले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

रञ्जित संस्थापन समूहक उम्मेदवार हुन् भने शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?