+
+

जापानको प्रधानमन्त्री बने किशिडा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १४:५८

१८ असोज, काठमाडौं । फुमिओ किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् ।

पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् । यसअघि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनमा किशिडालाई मुख्य नेताको रुपमा चयन गरिएको थियो ।

६४ वर्षीय किशिडासँग अब महामारीको कारण सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउने र उत्तर कोरियाको चेतावनीजस्ता चुनौती छ । टोकियो ओलम्पिकपछि जापानमा सरकारप्रतिको अविश्वास बढेको अवस्थामा किशिडाको लागि लोकप्रियता बढाउनुपर्ने अर्को चुनौती छ ।

किशिडाले अब जापानमा हुने आम निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । जापानमा आगामी नोभेम्बरमा आम निर्वाचन हुँदैछ । क्याबिनेटका अन्य मन्त्रालयको टुङ्गो सोमबार अबेरसम्म लाग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

किशिडा लामो समयदेखि प्रधानमन्त्रीको दौडमा थिए । गत वर्ष किशिडा सुगासँग पराजित भएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?