+
+

प्रहरीको रासनवृद्धिको निर्णय कार्यान्वयनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते २०:४४

१८ असोज, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका हुन् ।

यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?