+
+

‘रामायण’का ‘रावण’ अरविन्दको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ११:४०

टेलिभिजनको सवैभन्दा लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’मा ‘रावण’को भूमिका निर्वाहा गरेर चर्चामा आएका कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पछिल्लो केही बर्षदेखि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । तर, उनमा कुनै ठूलो रोग भने देखिएको थिएन । अरविन्दको जन्म मध्यप्रदेशको उज्जैन शहरमा भएको हो । उनले करिअरको सुरुवात भने गुजरातको रंगमञ्चबाट गरेका हुन् ।

हिन्दी भाषाको पपुलर धार्मिक सिरियल ‘रामायण’बाट घर घरमा परिचय बनाएका अरविन्देले ३०० भन्दा धेरै हिन्दी र गुजराती चलचित्रमा अभिनय गरेका छ ।

अरविन्दको निधनमा बलिउडका कलाकार, टेलिभिजनका कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?