+
+

सबैको लघुवित्तद्वारा आकर्षक बोनस घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १३:४१

२० असोज, काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुका लागि ३१.०५ प्रतिशत बोनश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको ९४ औं बैठकले गत आर्थिक वर्षको आम्दानीबाट उक्त बोनश दिने निर्णय गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनानफाबाट शेयर धनीहरुलाई चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय भएको छ,’ संस्थाले नेप्सेलाई जानकारी गराएको पत्रमा भनिएको छ ।

प्रस्तावित बोनस तथा लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरे लघुवित्तको चुक्ता पुँजी २७ करोड पुग्ने छ । हाल लघुवित्तको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ । राष्ट्र बैंकको स्कीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि बोनश शेयरधनीले पाउनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गर्‍यो १० प्रतिशत बोनश शेयर

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयर धनीहरुका लागि १० प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश शेयर धनीलाई वितरण गर्ने प्रस्तव बैंक सञ्चालक समितिको मंगलबारको बैठकले गरेको हो । बोनसपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ ।

प्रस्तावित बोनस तथा कर प्रयोजनका नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीमृत गरेपछि आगामी वार्षिक साधारण सभाबाट बैंकले त्यसलाई पारित गर्नु पर्नेहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?