+
+

बहुमत पालिकामा आफूले जितेको देउवा पक्षको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:१४

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार साँझसम्म परिणाम आएका ६०५ वटा पालिकामध्ये २५० पालिकामा आफू पक्षका उम्मेदवार विजयी भएका सभापति शेरबहादुर देउवा पक्षले दाबी गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १८० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका १६ जना पालिका सभापतिमा निर्वाचित भएको संस्थापन समूहको भनाइ छ । विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना पालिकाको नेतृत्वमा निर्वाचित भएका छन् ।

संस्थापन समूहका नेताहरूको दाबीअनुसार ४९ जना पालिका सभापति भने कुनै पनि पक्षमा खुलेका छैनन् ।

प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा आफूहरुले ६० स्थानमा सभापति जितेको संस्थापनको दाबी छ । पौडेल/कोइराला पक्षले ४९ स्थानमा र सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएको  संस्थापन समूहको दाबी छ ।

बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको दाबी गरेको छ ।

गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ३५ , कर्णालीमा ३६ पालिकाको नेतृत्व जितेको संस्थापनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?