+
+

ईपीएल : काठमाडौंलाई भैरहवाले दियो १८९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:३५

२० असोज, काठमाडौं। बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत एलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स ११ लाई १८९ रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा८ विकेट गुमाएर १८८ रन बनाएको हो ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले २० बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । छिटो अर्धशतक नजिक पुगेका बला शरद लामाे सट खेल्ने चक्करमा अन्तिम ओभरमा सन्दीपको बलमा अमर राउटेलबाट क्याचआउट भए ।

शरदले पाँचौ विकेटका लागि कुशल मल्लसंग ६१ रनको साझेदारी गरे । यस्तै प्रदिप ऐरीले ३९, उपुल थरंगाले ३५ र कुशल मल्लले ३२ रन बनाए । आरिफ शेखले १५ रन जोडे ।

सन्दीप लामिछानेले बलिङ गरेकाे अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ३ रन जोडेको थियो ।

काठमाडौंका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र अशन प्रिएनजनले २ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?